रमाइलो चोकमा १२ गते देखी कानेपोखरी महोत्वस सुरुहुर्दै

भदौ ८ गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिका –६, स्थित रमाइलो चोकमा आगामी भदौ १२ गतेदेखी कानेपोखरी महोत्वस सुरु हुने भएको छ ।

आज रमाईलो चोकको मोक्षमा आयोजक टिमले पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव लाग्ने बारेमा जानकारी गराएको हो । ‘शैक्षिक कृषि एवम् पर्यटन प्रवर्धनका लागि’ भन्ने नारा सहित रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जेसिज रमाइलो र लायन्स क्लब अफ कानेपोखरीको संयुक्त आयोजनामा लगाउन लागेको रमाइलो युवा परिवारका अध्यक्ष नविन पौड्यालले बताए ।

महोत्सव १२ गते देखी सुरु भएर २७ गते सम्म लाग्ने भएपनि १ महिना सम्म लगाउने बैधानिता प्राप्त गरेको आयोजकले पत्रकार सम्मेलनमा बताएका छन् । महोत्सव प्रत्येक दिन साँझ ६ बजे सुरु भएर ९ः ३० बजे समापन हुनेछ । प्रत्येक दिन राष्ट्रिय कलाकारहरु, मेलिना राई, सुगम पोख्रेल, ज्योति मगर लगाएत स्थानीय कलाकारहरुले मनोरञ्जन दिने छन् । स्विकृत खेलहरु बाहेका अरु कानुनले प्रनिबन्धीत खेलहरु नरहने आयोजक टिमका नविन पौ्यालले बताए । उनले तीजको दिन दिउँसो महिलाहरुको लागि विषेश कार्यक्रम रहेको बताए । सो कार्यक्रममा नायिका रेखा थापा आउने र त्यो दिन टिकट नलाग्ने बताएका छन् ।

महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, स्थानीय उत्पादन तथा कृषि प्रदर्शनी, विज्ञान प्रर्दशनी, फुड फेस्टिभल मुख्य आर्कषर्णको रूपमा रहने छन् । महोत्सव रमाइलो चोकको पूर्वपटि रहेको खाली जग्गामा लाग्न लागेको हो । स्टलहरु ध्माधम निर्माण भैरहेको र काम ७० प्रतिशत सम्पन्न भएको आयोजकले बताए ।

विज्ञान विषयलाई आधार बनाएर शैक्षिक प्रगती गरेका विद्यालयहरुको स्टल राखेर विद्यार्थीहरुबाट निर्मित बस्नु दैनिक प्रर्दशनी हुने र यस प्रर्दशनीले कानेपोखरी क्षेत्रका अध्ययनरत विद्यार्थीहरुले अवलोकन गर्दा उनिहरुले पनि केही सिक्ने माध्यम हुने आयोजकले बताएका छन् ।
कानेपोखरी व्यापार संघको भवन निर्माणको लागि महोत्सव आयोजना गर्न लागेका हुन । रमाइलो चोकदेखी उत्तरमा व्यापार संघको लागि प्राप्ती भईसकेको जग्गामा डिपिआर सहितको भवन निर्माणको लागि महोत्सव आयोजना गरेको कानेपोखरी व्यापार संघका अध्यक्ष डिल्ली फुयलले बताए । जुन जग्गामा एउटै भवनमा रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जेसिज रमाइलो र लायन्स क्लब अफ कानेपोखरीको संयुक्त भवन निर्माण गर्ने लक्ष सहित अघि बढेको छ ।

रमाइलो युवा परिवारका अध्यक्ष नविन पौड्य, कानेपोखरी व्यापार संघका अध्यक्ष डिल्ली फुयल, जेसिज रमाइलोका अध्यक्ष त्रिभुनाथ फुयल(सन्तोष) र लायन्स क्लब अफ कानेपोखरीका अध्यक्ष चरण गुरुङले संयुक्तरुपमा पत्रकार सम्मेलनको गर्दै आगामी योजना सुनाएका थिए । कार्यक्रम संचालन एविन्द्र पाठक रहेका थिए ।

 

 

सम्बन्धित खवर