पुस १६ गते, पथरी । गायक तथा संगितकार देव गुरुङको चर्चित गीत ‘बिकम बारुलौं…’ को रिमेक भर्सनकोे म्यूजिक भिडियो सार्वजानिक भएको छ । जमर्काे इन्टरटेनमेन्टको युट्युव च्यानलबाट सो गीत सार्वजानिक गरिएको हो ।
म्यूजिक भिडियोमा मोडलद्वय बादल श्रेष्ठ र नग्मा श्रेष्ठले अभिनय गरेका छन् । मोरङको जाँते र मिक्लाजुङमा छायांकन गरिएको सो भिडियोमा कोरस राखनेर शिव श्रेष्ठले कोरिग्राफी गरेका हुन् ।
गीतको रचना÷संगीत÷गायन देव गुरुङले सम्हालेका छन् । चन्दे गोर्खालीको संगीत संयोजन रहेको छ । सन्तोष राईको निर्देशन रहेको यस गीतलाई आर.बी. स्टुडियो काठमाडौं र काब्य स्टुडियो दमकमा रेकर्ड गरिएको हो । गाउँले परिवेशको यस म्यूजिक भिडियोमा देवराज सिग्देलको छायांकन, महेश सिग्देलको मेकअप र दिनसन साहको सम्पादन रहेको छ ।