कात्र्तिक १७ गते, पथरी । मोरङको पथरीशनिश्चरे–२ मा स्थापित रेडस्टार माविले तीहार विदाको अन्तिमदिन देउसीभैलो कार्यक्रम आयोजना गरी तिहार मनाएका छन् ।
मंगलबार विद्यार्थीलाई कक्षगत प्रतियोगिता गर्दै उत्कृष्ट कक्षा छनौट गरी पुरस्कार प्रदान गरिएको थियो । तिहार पर्वको विषेश सांस्कृतिक परम्पराको महत्व दर्शाउन उक्त प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रिन्सिपल टिएन तिम्सिनाले बताए ।
उक्त अवसरमा नेपालीहरूले मनाउँदै आइरहेका चाडपर्वमध्यें तिहार पनि महत्वपूर्ण रहेको भन्दै यो पर्वको सांस्कृतिक महत्व उजागर गर्न र संरक्षणका लागि उक्त प्रतियोगितात्मक कार्यक्रम गरिएको विद्यालयका भाईस प्रिन्सिपल बसन्त मादेनले बताए ।
उक्त प्रतियोगितामा कक्षा १, कक्षा ४, कक्षा ५, र कक्षा ९ को देउसीभैलो गीत तथा प्रस्तुती उत्कृष्ट ठहरिएको निर्णायक समितिका सदस्य कलाकार जीवन बरालले जनाएको छ ।
विभिन्न सांस्कृतिक पहिरनमा आएका विभिन्न कक्षामा अध्ययनरत छात्राछात्रहरूले आआफ्नो मौलिक देउसी भैलो खेलेर रमाइलो गरेका थिए । औपचारीक कार्यक्रममा भाईस प्रिन्सिपल वसन्त मादेनले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको संयोजन शिक्षिका सरिता भट्टराईले गरेकी थिइ्न । त्यसैगरी कार्यक्रम संचालन छात्रा द्वय चेतना गामी र सुप्रिया खड्काले गरेका थिए ।