मेलमिलाप कर्ताहरुको लागि तीन दिने कानूनी आधारभूत शिक्षा

पुस ३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरका मेलमिलाप कर्ताहरुका लागि ३ दिने कानूनी आधारभूत शिक्षा कार्यक्रम शुक्रबारबाट सुरु भएको छ ।
कार्यक्रमको नगर प्रमुख दिलीपकुमार राईले उद्घाटन् गर्दै नगरको न्याय सम्पादनमा मेलमिलापकर्ताहरुको भूमिका महत्वपूूर्ण रहेको व्यक्त गरे । न्यायिक समितिले आयोजना गरेको पुनर्ताजगी कार्यक्रममा नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले मेलमिलापकर्ताहरुको सक्रियतामा न्यायिक समितिले हालसम्म २ हजार वटा उजुरीहरु निरुपण गरेको बताइन् ।

उनीले सरकारको स्वमुल्यांकनमा शतप्रतिशत अंक ल्याएर जिल्लामा नमूना काम गर्न सफल भएको उल्लेख गरिन । कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, न्यायिक समिति सदस्य भद्रमान विश्वकर्माले मन्तव्य व्यक्त दिएका थिए । १० वटा वडामा रहेका मेलमिलापकर्ताहरुको सहभागिता रहेको कार्यक्रमको कानून व्यवसायी अधिवक्ता गणेशराज लुइटेलले सहजिकरण गरेका छन् । शुक्रबार सुरु भएको तालिम भोलि समापन हुने छ ।

 

सम्बन्धित खवर