लिम्बू भाषा पठनपाठनका लागि भवन शिलान्यास

पुस २१ गते, पथरी । मोरङको पथरीशनिश्चरे –८, स्थित शुक्रबारे उत्तरमा लिम्बु भाषा सिरिजंगा लिपि पठनपाठनको लागि शिक्षालय भवन शिलान्यास भएको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख दिलिपकुमार राईले निर्माण हुन लागेको भवनको शिलान्यास गरेको हो । भवन किरात फाल्गुनन्द युमा माङ्हिमको प्राङ्गणमा बन्न लागेको संजय लिम्बुले बताए ।

भवनका लागि संघीय सांसद भानुभक्त ढकालले १० लाख बजेट संस्कृती मन्त्रालयबाट बिनियोजन गरिदिएको यसको पहलकर्ताका नवीनजङ् कार्कीले बताए । यस लिम्बु भाषा पठनपाठनको लागि शिक्षालय भवन बनाउन स्थानीय युवा नेता नविनजङ कार्की लागि परेका थिए । त्यहाँ डेढ दशकपछि पुनः किरात लिम्बू भाषा पठनपाठन पनि यस बर्षदेखी सुरुभएको छ ।

सम्बन्धित खवर