पथरीको बुद्ध चोकमा बुद्धको मूर्ति प्रतिस्थापन

माघ १ गते, पथरी । मोरङको पथरीशनिश्चरे २ स्थित बुद्ध चोकमा आज बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ । एक कार्यक्रमकाबीच, नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, २ नम्बर वडाध्यक्ष यामप्रसाद गुरागाईं सहितले मूर्ति प्रतिस्थापन कार्यको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख राईले सवै जातजातिको एकता तथा शान्तिको प्रवाहका लागि गौतम बुद्धको सन्देश अनुकरणीय रहेको वताए । साथै उनले बुद्ध प्रतिमाले एकता र शान्तिको दिशामा नगरवासीलाई अभिप्रेरित गर्ने जनाए । कार्यक्रममा, नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नेपाल तामाङ घेदुङ संघका दिलबहादुर तामाङ, बुद्ध मूर्ति निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष टिका तामाङ सहितले मन्तव्य व्यक्त गरे ।

नगरपालिका कार्यालयले मूर्तिका लागि ४ लाख रकम उपलब्ध गराएको थियो । साथै वडा नम्बर २ ले २ लाख तथा अन्य स्थानीयहरुबाट समेत सहयोग जुटाई मूर्ति बाहेकमा ३ लाख २९ हजार ९ सय ८१ रुपैयाँको आयव्यय विवरण कार्यक्रममा प्रस्तुत भयो । यसअघि २०६२ सालमा निर्माण भएको बुद्ध प्रतिमास्थललाई परिमार्जन गरी हाल नयाँ मूर्ति प्रतिस्थापन गरिएको हो ।

 

सम्बन्धित खवर