बयरवन खानेपानी समितिको अध्यक्षमा पुन : हरिप्रसाद पौडेल

फागुन १३ गते, कानेपोखरी । बयरवन खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पाँचौ बार्षिक साधारण सभाले पुन ः हरि पौडेललाई अध्यक्षमा चयन गरेको छ ।

मोरङ कानेपोखरी–७, आइतबारेमा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता समितिको शुक्रबार भएको सभाले अध्यक्षमा पौडेल सहित १५ सदस्य समिति चयन गरेको हो । त्यसैगरी उपाध्यक्षमा विजयगोपाल गड्तौला र धुव्रमाया कोइराला, सचिवमा बद्रीप्रसाद भट्टराई, सहसचिवमा केदार राई र कोषाध्यक्षमा भोलानाथ पराजुली सर्वसम्मत चयन भएका हुन ।

त्यसैगरी सदस्यहरूमा भगिप्रसाद फुयल, अशोक फुयल, लिलाबहादुर श्रेष्ठ, इन्दिरा बाँस्कोटा, चेलिमाया दर्जी, यसोदा राई, पुष्कर बजगाईँ, आनन्दप्रसाद दाहाल र बिमला राई चयन भएका छन् । साधरण सभामा संस्थाले प्रगती प्रतिवेदन, आर्थिक बर्ष २०७७÷०७८ तथा २०७८÷०७९ अनुमानित आयव्य पारित र लेखा परीक्षण प्रतिवेदन अनुमोदन गरेको थियो ।

सम्बन्धित खवर