सान र मानको हैन सेवाको राजनीति गरौंः सहमहामन्त्री फागो

कुमार खड्का
चैत १३ गते, उर्लाबारी । नेपाली काँग्रेस प्रदेश नं. १ का सहमहामन्त्री खड्ग फागोले अवको राजनिति सान, मान र प्रतिष्ठाको नभएर जनसेवाको राजनिति गर्नुपर्ने बताएका छन् ।

‘घरघर जाऔं काँग्रेस जिताऔ’ अभियान अन्तर्गत मोरङको केराबारी गाउँपालिका वडा नं. १ पाटीगाउँको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै सहमहामन्त्री फागोले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख आतिथि फागोले सो अवसरमा राजनीति सान, मानको नभएर कामको हुनुपर्ने बताए ।

साथै उनले स्थानिय निर्वाचन संघारमै आइसकेकाले सवै राजनिति दलले जनताको मनोभावना बुझ्ने, जनताको काममा ध्यान दिने व्यक्तिलाई टिकट दिएर निर्वाचन उठाउन र निर्वाचनमा त्यस्ता प्रतिनिधिलाई जिताउनु पर्ने बताउँदै जनताको मन जितेर अघि बढ्न पार्टी नेता कार्यकर्तालाई आग्रह गरे ।

पाटीगाउँस्थित महिला सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रममा उल्लेख्य मात्रामा पार्टी नेता कार्यकर्ताको सहभागिता रहेको थियो । वडा नं. १ का वडा सभापति चन्द्रसिंह लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. १० का वडा सभापति चन्द्र मगर, माधवप्रसाद घिमिरे, कमल राई, केराबारी गाउपालिका वडा नम्वर १० का सभापति चन्द्र मगर तरुण दल सचिब छत्र बस्नेत लगाएतको कार्यक्रममा आतिथ्यता रहेको थियो ।

यस्तै सोही कार्यक्रममा नेपाली काँग्रेस मोरङ जिल्ला समिति सदस्य उत्तम श्रेष्ठले एमसीसी र सो विषयमा अन्य राजनितिक पार्टीले छरेका भ्रमका विषयमा जानकारी गराएका थिए ।

सम्बन्धित खवर