कानेपाखरी गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माणको लागि सुझाव संकलन गर्दै

जेठ २७ गते, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाको शिक्षा तथा सामाजिक विकास शाखाले स्थानीय पाठ्यक्रम निर्माणको लागि स्थानी सरोकारवालाहरुसँग सुझाव संकलन सुरु गरेको छ ।

विहिबार जनसेवाको सभाहलमा सरोकारवालाहरुको एक दिवसीय सुझाव संकलन कार्यशाला सम्पन्न गरेको हो । स्थानीय सामुदायिक र संस्थागत विद्यालयको प्रधानाध्यपक, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसंग शिक्षा तथा सामाजिक विकास शाखाले सुझाव लिएका थिए ।

कार्यशालामा कानेपोखरी गाउँपाकिलाका भित्र रहेका निम्न क्षेत्रमा केन्द्रित भई स्थानीय पाठ्यक्रममा समेटिनु पर्ने विषयवस्तुहरु उल्लेख गर्नुपर्ने ‘स्थानीय पाठ्यक्रम निर्माण आवश्यकता पहिचान २०७९’ सुझाव फारम सहभागीलाई वितरण गरिएको थियो । १ नम्बर देखी २५ बुदाको प्रश्न रहेको सुझाव फारम सोही दिन केही सहभागीले बुझाए भने केहीले यो महिना भित्र बुझाउन शिक्षा शाखा प्रमुख बेग बहादुर काफ्लेले उद्घोष गरेका थिए ।

कार्यशालामा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि विज्ञ ऋषिराज धिमालले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि विषय बस्तुहरु प्रस्तुत गरेका थिए । ऐन र नियम अनुसार कक्षा १ देखी ८ सम्म मात्र लागुहुने गरी ७ वटा विषय बस्तु राखेर पाठ्यक्रम निर्माण गर्नुपर्ने बताएका थिए । पाठ्यक्रमको लागि १२८ घण्टा बार्षिक विद्यार्थीलाई पढाउनुपर्ने समय नै तोकेको छ । जस अनुसार दैनिक ५ घण्टाको दरले एक बर्षमा ८ महिना पर्नजाने विज्ञ धिमालले बताए ।

इण्डोनेसिया, जापन, लाओसा,फिलिपिन्स,दक्षिण कोरिया र भियद्नाम जस्ता देशमा स्थानीय पाठ्यक्रम निर्माण गरी पढाउन लागु गरी सकेको छ । बेलबारी र सुन्दरहरैचा नगरपालिकाले पनि पुस्तक निर्माण गरी गत बर्षदेखी लागु गरिसको र पथरीशनिश्चरे नगरपालिले तयारी गरिरहेकोले कानेपोखरी गाउँपालिकाको तयारीको योजनालाई स्थानीय विषय बस्तु समेटी शैक्षिक सत्र २०८० मा लागुहुने गरी काम गर्न सुझव विज्ञ ऋषिराज धिमालले दिएका थिए ।

स्थानीय पाठ्यक्रम निर्माणको लागि कानेपोखरी गाउँपालिकाले ५ सदस्य कार्यदल बनाएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे, जनसेवा माविका प्रधानाध्यपक दामोदर सिग्देल, एन प्याबसन कानेपोखरीका अध्यक्ष राजेश कार्की लगाएत राजनीतिक दलका प्रतिनिधिहरुले सुझाव राखेका थिए । गाउँपालिका अध्यक्ष राजमती इङ्नामको अध्यक्षतामा भएको कार्यक्रमा निर्वतमान गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, वडा नम्बर ६ नम्बर वडाध्यक्ष खड्ग बस्नेत, ७ नम्बर वडाध्यक्ष मोहन प्रसाद अधिकारी लगाएत उपस्थित रहेका थिए । पाठ्यक्रम निर्माण कार्यदल सदस्य सदस्य राजकुमार बरालको संचालन रहेको थियो ।

 

 

सम्बन्धित खवर