किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे १ नंं. वडाको अध्यक्षमा लावती

भदौ १५ गते, पथरी । किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे –१ नम्बर वडा शाखा समिति गठन भएको छ ।

सोमबार सिरिजंगा धार्मिक वनमा भएको दोस्रो ऐतिहासिक वडा अधिवेशनले जीत वहादुर लावतीको अध्यक्षतामा १३ सदस्य समिति सर्वसहमत चयन भएको हो । उपाध्यक्षमा तीलकसिंह लिम्बु, सचिवमा पदमा ओख्राबु, सहसचिवमा देव लावती र कोषाध्यक्षमा धनप्रसाद पंधाक चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा गोपाल सावा, सेसित जवेगु, हस्तमाया लिम्बु, उज्वल लिम्बु, देश थाम्सुहाङ, विरु लिम्बु र तिलक निवाङ रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि कियाचु संघिय सदस्य सन्तोस सेरेङ, विषेश अतिथि जिल्ला उपाध्यक्ष केबि हाङ्श्रङ र चुम्लुङ नगर समितिका अध्यक्ष प्रेम लिम्बु रहेका थिए । त्यसैगरी कार्यक्रम नगर पधाधिकारी, सदस्य, आजिवन सदस्यहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर