जंगलमा घाँस काट्ने क्रममा लडेर मृत्यु

पुस ८ गते, कानेपोखरी । मोरङको कानेपोखरी जंगलमा घाँस काट्ने क्रममा एकजना पुरुषको लडेर ज्यान गएको छ ।

वडा नं. ६ स्थित पौडेल चोकका बर्ष ६८ का डोल प्रसाद लिम्बुको जंगलमा घाँस काट्ने क्रममा विहिबार मृत्यु भएको हो । लडेर शक्त घाइते भएको लिम्बुको पथरीको मोरङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

लिम्बुको उलाबारी स्थित मंगलबारे अस्पतालमा पोष्टमार्टम गरी दाह संस्कार गरिएको प्रहरीले जनाएको छ ।

 

 

सम्बन्धित खवर