पथरीशनिश्चरेमा भूमिहीन सुकुम्वासीलाई पुर्जा वितरण

माघ ९ गते, पथरी । मोरङको पथरीशनिश्चरे –८ का भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको छ ।

सोमबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी ११ घरपरिवारलाई लाल पुर्जा वितरण गरिएको हो । वडाका चोकराज कटुवाल, जैसे मगर, टिकाराम दाहाल, प्रेमबहादुर माझी, डम्बरबहादुर माझी, पुर्णबहादुर माझी(क), पूर्णबहादुर माझी(ख), चन्द्रमाया कटुवाल, शुकविर माझी, इन्द्रबहादुर विश्वकर्मा र लोकबहादुर कार्कीलाई लालपुर्जा वितरण गरिएको छ ।

भूमी आयोग मोरङ जिल्ला अध्यक्ष सुसिला घिमिरे, सदस्य सचिव सुदिप श्रेष्ठ, वडा अध्यक्ष नवीन कार्की, वडा सदस्यहरू झमकबहादुर लिम्बु, बाबुराम चौधरी र शान्ता योङ्हाङ लगायतको उपस्थितिमा पुर्जा वितरण गरिएको थियो ।

अघिल्लो आयोगले गरेको अधुरो कामलाई पुरा गरी पथरीशनिश्चरेमा प्रथम पटक पुर्जा वितरण गरिएको वडाध्यक्ष नविन कार्कीले जनाए । यसैगरी शुक्रबारे, शान्तिचोक, चौबिसे टोल, पुल चौक, बाँगडुग्रा, राई डाँडा लगायतको क्षेत्रमा नयाँ नापी सुरु गर्न स्थलगत अनुगमन पनि गरिएको छ ।

सम्बन्धित खवर