माघ ९ गते, पथरी । मेइतु पेन्ट्सले वृह्रद वनभोज कार्यक्रमको आयोजना गरी आफ्नो ग्राहक र पेन्टरहरुलाई सम्मान गरेको छ ।
सोमबार शान्ति भूल्के सिमसार पथरीमा औपचारीक कार्यक्रम गरी सम्मान गरेको हो । यसरी सम्मानित हुनेमा ग्राहकको तर्फबाट लाफा वचत तथा सहकारी र पेन्टरको तर्फबाट हिमाल लिम्बू रहेका छन । पेन्टर लिम्बुलाई ३२ इन्चको टिभी र ग्राहक लाफा सहकारीलाई फ्रीज वितरण गरिएको थियो ।
लक्की ड्र मार्फत छनोट गरिएको पुरस्कारहरु मेइतु पेन्टसका संचालक ऋषि चम्लगाई लगायतले वितरण गरेका थिए । ३२ पेन्टरहरुलाई ट्राक सुट प्रदान गरिएको थियो । कार्यक्रममा हाडी फोर र म्युजिकल चेयर प्रतिस्पर्धा गरेको थियो । हाडी फोरमा हिमाल लिम्बु र म्युजिकल चेयरमा अरुणा राई प्रथम भए ।