पथरीशनिश्चरे नगरद्धारा नगद २५ हजार सहित ५ जना फुटबल खेलाडीलाई सम्मान

असार ११, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगर क्षेत्रभित्रका ५ जना राष्ट्रिय खेलाडीलाई नगद २५ हजार सहित सम्मान गरेको छ ।

आइतबार पथरीशनिश्चरे नगरपालिकाको १३ औं नगरसभामा उनीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई जनही २५ हजार रुपैयाँको नगदसहित सम्मानपत्र र दोसल्लाले ओढाएर नगरप्रमुख मोहनप्रसाद तुम्बापो र उपप्रमुख देवीमाया काफ्लेले सम्मान गरेका हुन ।

सम्मानित हुनेहरुमा वडा नं. १ का दिपक राई, दिपा न्यौपाने, वडा नं. ४ की सरु लिम्बु, वडा नं. ७ का पुनम चेम्जोङ र वडा नं. १० का रुपा धिमाल रहेका छन् ।

 

सम्बन्धित खवर