बेलबारी नगरले सञ्चार कार्यविधि निर्माण गरी लागु गर्ने

असार २८, बेलबारी । मोरङको बेलबारी नगरपालिकाले स्थानीय संचार संस्थाहरुको प्रर्वद्धन र विकासका लागि संचार सम्वन्धि कार्यविधि निर्माण गरी लागु गर्ने भएको छ ।

संचार सम्वन्धि कार्यविधि नहुँदा संचार संस्थाहरुसंगको योजना कार्यन्वयनमा केहि जटिलता देखिए पछि त्यसलाई व्यवस्थित गर्न कार्यविधि बनाउन लागिएको नगर प्रमुख दिलप्रसाद राईले बताए । कार्यविधि बन्दैछ त्यसैमा टेकेर सबै संचार संस्थाहरुलाई एकरुपता ल्याईने प्रमुख राईले बताए । सबै संचार संस्थाहरुलाई राखेर सम्झौता गरिने छ , सम्झौता अनुशार उपलब्धि सहितको सामाग्री प्रकाशन प्रसारण गरेर मात्र भुक्तानी गरिने प्रमुख राईले बताए ।

बेलबारी नगरपालिकाले स्थानीय संचार संस्थाको विकास र प्रवद्र्धनका लागि भनेर संचार संस्थालाई मासिक ४ हजार प्रदान गर्दै आएको छ ।

यद्यपी बेलबारी नगरपालिकामा पनि सञ्चारका लागि विनियोजित कार्यक्रमको वितरणमा केहि सकस देखिएपछि सञ्चार संस्थाका संचालकहरुले असन्तुष्ट राखेका छन् ।

तसर्थ योजनाका विज्ञापन, सार्वजनिक सुनुवाई, डकुमन्ट्री लगायतका सञ्चार सम्वन्धि कार्यक्रमहरु बोलपत्र आह्वान(कोटेसन) माग गरेर मात्र दिन पत्रकारहरुको सुझाव रहेको छ ।
बेलबारीमा थुन्से डटकम, शताब्दी डटकम, संयन्त्र डटकम, निरन्तर खबर डटकम, वेतना दैनिक, रेडियो वेतना, कोशी नेपाल डटकम, उज्यालो प्रदेश डटकम, फटाफट डटकम आदि सञ्चार संस्थाहरु रहेका छन् ।

सम्बन्धित खवर