पथरीशनिश्चर नगरमा पहिलो दिन ४ हजार ४ सयले दादुरा रुवेला खोप लगाए

साउन २८, पथरी । पथरी शनिश्चरे नगरपालिकामा दादुरा रुवेला खोप अभियान अन्तरगत पहिलो दिन ४ हजार ४ सय ४० जना बालबालिकाले दादुरा रुवेला खोल लगाएका छन् ।

आज आइतबारबाट नगरको १० वटै वडामा खोप सञ्चालन सुरु भएको थियो । जसअन्तर्गत ६ महिनादेखि ५९ महिनाका बालबालिकाहरुको संख्या ७ सय ९८ जना बालबालिकाले खोप लगाएका छन् । त्यस्तै ५ देखि १५ वर्षका ३ हजार ६ सय ४२ जना बालबालिकाले खोप लगाएका छन् । दुवै गरी जम्मा ४ हजार ४ सय ४० जना बालबालिकाले दादुरा रुवेला खोप लगाइएको नगरका सिअहेव अधिकृत एकराज खत्रीले जानकारी दिएका छन् ।

दादुरा रुवेला खोप अभियानको पहिलो दिन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य र स्वास्थ्यकर्मीहरुको टोलीले खोपको अनुगमन पनि गरेको छ ।

 

सम्बन्धित खवर