मोटरसाईकल दुर्घटनामा मृत्यु भएको दुईजना पुरुषको पहिचान हुन सकेन

विद्यानन्द चौधरी

फागुन १५ गते, कानेपोखरी । मोटरसाईकल दुर्घटनामा मृत्यु भएको दुईजना पुरुषको पहिचान हुन सकेन । शव पहिचान हुन नसकेपछि जिल्ला प्रहरीले विराटनगर स्थित कोशी अस्पतालको शव गृहमा राखेको हो ।

सोमबार विहान ९ बजे मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित दक्षिणबाट उत्तर जाने क्रममा बा ६३ प ४२७ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई बिजुलीको पोलमा ठक्कर हुदा सक्त घाइते भएको थियो । मोटर साईकलमा सवार चालक र पछाडी सवार दुवैजना सक्क्त घाइते भएको थियो । उनीहरु विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

एकजना उमेर अन्दाजी ३०/३५ बर्ष देखिने उचाई ५ फिट ४.५ ईन्च भएको निलो र पहेलो कलरको ट्रयाकसुट लगाएको छ । अर्को पुरुषको उमेर २८/२९ बर्ष देखीने उच्चाई ५ फिट ४ ईन्च भएको र कालो जम्पर लगाएको छ । चिन्ने र आफन्तले जिल्ला प्रहरी कार्यालय मोरङको ९८५२०३८३५५नम्बरमा सम्पर्क राख्नु हुन जिल्ला प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित खवर