रंगेली–कानेपोखरी सडक दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते

असार २४ गते, कानेपोखरी । कानेपोखरी–रंगेली सडक खण्डमा सडक दुर्घटनामा परी एकजनाको ज्यान गएको छ भने दुई जना गम्भिर घाइते भएका छन ।

मोरङको कानेपोखरी –७, स्थित बरगाछी सडकमा शुक्रबार राती सवा ११ बजे मोटरसाईकल दुर्घटना भएको थियो । उत्तरबाट दक्षिण तर्फ जादै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको थियो भने एकजना गम्भिर घाइते भएका छन् ।

प्रदेश नं. २–०१०० प ४९३५ नम्बरको मोटरसाइकलमा पछाडी बसेर सवार लहान नगरपालिका बस्ने अन्दाजी ३० बर्षे सन्तोष भूजेलको घटना स्थलमै मृत्यु भएको हो । गम्भिर घाइते मोटरसाइकल चालक बर्ष २८ को विरेन्द्र शाह विराटनगरको हस्पिटलमा उपचार भईरहेको नगरप्रहरी प्रमुख युवराज भूजेलले बताए । मोटरसाईकल सडकको पश्चिम पटी सडक बाहिर गएको थियो । मृत्यु हुने र घाइते दुवैजना निर्माण सम्पन्न भएको  वडा नं. ६ र ४ जोड्ने झोलुङगे पुलमा ज्यालादारी काम गर्दै आएका नगरप्रहरी प्रमुख भूजेलले बताए ।

त्यसैगरी शनिबार साँझ ३ः३५ बजे सोही स्थानमा टिफरले ठक्कर दिदा एकजना बालक गम्भिर घाइते भएका छन् । कानेपोखरीबाट दक्षिण जार्दै गरेको प्रदेश २–०३००१ क १५१३ को टिफरले बगरगाछी उत्तर सडकमा बालकलाई ठक्कर दिएको थियो ।

टिफरको ठक्करबाट गम्भिर घाइते भएका कानेपोखरी ७ स्थित आवादी टोलका ६ बर्षिय देवराज पुरीको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भैरहेको छ । बालकको स्वास्थ्य अवस्था सामान्य रहेको वडा नं. ७ का वडा अध्यक्ष मोहन प्रसाद अधिकारीले बताए । उनको टाउकोमा गहिरो चोट लागेको छ । बाटो क्रस गर्ने क्रममा दुर्घटना भएको वडा अध्यक्ष अधिकारीले बताए । टिफर र टिफर चालक इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरी जनाएको छ ।

सम्बन्धित खवर