कानेपोखरीका दुई जना युवालाई धारिलो हतियार प्रहार, घटनामा संलग्न दुईजना पक्राउ

२४ कात्र्तिक, कानेपोखरी । मोरङको कानेपोखरी –६ स्थित बुद्धचोक पुर्ब बाँसघारी भएको दुई समूहको झडपमा दुईजना शक्त घाइते भएका छन् । युवाहरुको समूहले धारिलो हतियार प्रहार गर्दा २२ बर्षिय अमित धिमालको बायाँ हातै गुम्ने खतरा भएको छ ।

मोरङ कनेपोखरी–५ का धिमालको हात गुम्ने भएको हो । धारिलो हतियार प्रहारबाट सोही वडाको २१ बर्षिय नेशन धिमालको बाँया ढाडमा गम्भीर चोट लागेको छ । मंगलबार राती करिव ८ बजे बेलबारी १० डाँगिहाटका युवा समूहले हतियार प्रहार गरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घट्नाको कारण भने खुलि नसकेको प्रहरीले जनाएको छ ।

घट्नामा संलग्न भएका मध्ये बेलबारी १० डागिहाटका २६ बर्षिय समिर राई र २५ को सुमन फुयल पक्राउ परेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घट्ना स्थलबाट तीन मोटरसाइकल र दुई स्कुटी समेत नियन्त्रणमा लिएको कानेपोखरी चौकीका प्रमुख सई फुलबावीर तामाङले जनाकारी दिए ।

रमाइलो पूर्व माझी गाउँमा मोटरसाईकल मार्फत युवाहरुको समूह आएपछि नगर प्रहरीलाई सूचना आएको थियो । नगरप्रहरीको टोली र रमाइलो प्रहरी चौकी त्यस स्थानमा पुग्दा मोटरसाईकल छोडेर भागेको थप घटना हुनबाट जोगिएको नगर प्रहरी प्रमुख युवराज भुजेलले बताए । त्यहाँबाट भागेको दुई किलोमिटर पश्चिममा घटना घटेको भुजेलले बताए ।

झगडाको क्रममा धारिलो हतियार प्रहारबाट अमित धिमालको बाँया हात (नाडी) छिन्ने अवस्थामा पुगेको स्थानीय औषधि व्यवसायी प्रकाश धिमालले बताए । अमितको हात छाला मात्र छिन्न बाँकी रहेको प्रकाश धिमालले जानकारी दिए । घाइतेको उर्लाबारी अरनिको अस्पतालमा उपचार संभव नभएपछि झापा बिर्तामोडको बीएमसी अस्पतालमा पठाइएको छ । हात जोडिने नजेडिने अहिले नै केही भन्न नसकिने स्वास्थ्यकर्मीले बताएको घाइते धिमालको परिवारले बताए ।

 

सम्बन्धित खवर