शव पहिचानको लागि सहयोग गरिदिन प्रहरीको अनुरोध


कुमार खड्का
कात्र्तिक १६ गते, उर्लाबारी । मोरङको उर्लावारी–४ आइतवारे चौकमा शनिबार राति करिब सवा ८ वजे अर्धनग्न अवस्थामा भेटिएको एक महिलाको शव एकदिन वितिसक्दा पनि पहिचान हुन सकेको छैन ।

शव पहिचान हुन नसके पछि जिल्ला प्रहरी कार्यालय मोरङका एस्पी सन्तोष खडकाले सबै समक्ष पहिचानमा सहयोग गरिदिन आग्रह गरेको छ । पूर्वपश्चिम राजमार्गको आइतवारे चौकको विच सडकमा अर्धनग्न अवस्थामा मृत अवस्थामा फेला परेकी २६ बर्षिय एक महिलाको के कारणले मृत्यु भएको हो भनेर प्रहरीले अहिले सम्म पत्ता लगाउन सकेको छैन ।

शव भेटिएको स्थल नजिकै सडक किनार देखि तल्लो पट्टि चेक पोईन्टमा ड्युटीमा रहेका एक शस्त्र प्रहरीले सो समयमा पश्चिमबाट पुर्वतर्फ ८ र १० वटा साना सवारीका साधनहरु ताति लागेर कटेको केही मिनेट भित्रै सो सडक खण्डमा महिला रगताम्य अवस्थामा फेला परेको तर दुर्घटनाको कुनै ध्वनी आफुले नसुनेको ति प्रहरीले बताए ।

मृत महिलाको निधार र टाउको पछाडीको भागमा गहिरो चोट देखिएको छ भने देब्रे गालामा चोटको २ वटा कालो धब्बा देखिएको छ । अर्धनग्न अवस्थामा भेटिएका महिलाको शरिरमा पेन्टी र ब्रा बाहेक केही भागमा मात्र थोरै कपडा रहेको प्रहरीले बताएका छन् ।

ईलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरिक्षक उद्धव पोख्रेलका अनुसार रातको समयमा पैदल यात्रा गरिरहेकी महिला दुर्घटनामा परेको हुन सक्ने बताए । उनले सडकमा महिलाको शव १० मिटर जाति घिस्रेको अवस्थामा भेटिएको बताए । उनको साथबाट परिचय खुल्ने कुनै पनि सामान नभेटिएकाले उनि बेबारिसे अवस्था हिडडुल गर्ने व्याक्तिहुन सक्ने प्रहरीले बताएका छन् ।

यता स्थानीयहरु भने अर्धनग्न अवस्थामा विच सडकमा महिलाको शव भेटिएकाले हत्या गरि कसैले फालिएको हुन सक्ने बताएका छन् ।

सम्बन्धित खवर