मंसिर २९ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका स्तरीय महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाको वृहत पोषण प्याकेज क्षमता अभिवृद्धि कार्यक्रम समापन भएको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरी तीन दिने कार्यक्रम गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामको सभाध्यक्षमा समापन गरेको हो । कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा २ नम्बर वडाध्यक्ष सुशिल बुढाथोकी, कार्यपालिका सदस्य पदम कुमारी कार्की गुरुङ, स्वास्थ्य शाखा संयोजक रोहिन्द्र कुमार राजभण्डारी, स्वास्थ्य शाखा प्रमुख उदयकान्त सेठ लगाएत रहेका थिए ।
तीन दिने कार्यक्रममा उदयकान्त सेट, रोहिन्द्र कुमार राजभण्डारी र सागर धिमालले सहजिकरण गरेका थिए । कार्यक्रम सोमबार देखी सुरु भएको थियो ।