१ सय ४५ वटा सामुदायिक कुकुरको वन्ध्याकरण

कात्र्तिक २३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यायले १ सय ४५ वटा सामुदायिक कुकुरहरुको वन्ध्याकरण गरेको छ ।

रेविज मुक्त नगर बनाउने योजना अनुरुप संचालित वन्ध्याकरण कार्यक्रममा नेपाल एग्री लाइभस्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरीको प्राविधिक सहयोगमा मंगलबार दोस्रो दिनसम्ममा १ सय ४५ वटा कुकुरको वन्ध्याकरण गरेको हो । सामुदायिक कुकुरहरुकोे २ सय वढीको वन्ध्याकरण गर्ने लक्ष्य बनाएको नगरका पशु सेवा प्राविधिक पर्वत साहले बताए ।

डाक्टहरु इन्द्रनारायण साह, कृष्णकुमार यादव, सूर्य साह, सुवास चौधरी, राघवेन्द्र तिवारी सहितको पशु सेवा प्राविधिक टोलीले वन्ध्याकरण कार्य सञ्चालन गरेको छ । पहिलो वर्ष १ सय ६०, दोस्रो वर्ष २ सय २ वटाको वन्ध्याकरण गरिएको थियो । वन्ध्याकरणका लागि यो वर्ष ५ लाख रुपैयाँ विनियोजित गरिएको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले बताए । सेवा केन्द्रबाट आवश्यक औषधि र खोप पनि निःशुल्क उपलब्ध हुँदै आएको छ ।

मंगलबार नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितको टोलीले वडा नम्बर ६ स्थित मंगलबारेमा रहेको पशु सेवा केन्द्रमा सञ्चालित वन्ध्याकरणको कार्यक्रम अनुगमन गरेको छ । अनुगमन टोलीले, नगरले ४ लाख ५० हजार रुपैयाँमा खरिद गरेको पशुपंक्षीको औषधिका साथै आधारभूत स्वास्थ्य सेवा केन्द सहितको गतिविधिको अनुगमन गरेको हो ।

 

सम्बन्धित खवर