पुस ३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरले सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुका लागि ऋण व्यवस्थापन सम्बन्धी २ दिने तालिम सम्पन्न गरेको छ ।
नगरको सहकारी शाखाको आयोजनामा सम्पन्न तालिममा लेखा समिति संयोजक र ऋण हेर्ने कर्मचारीका लागि आयोजित तालिममा १४ वटा सहकारीका सम्बन्धित पक्षको सहभागिता रहेको थियो । जिल्ला वचत संघका कोषाध्यक्ष जीवन वस्नेतले तालिमको सहजिकरण गरेका थिए ।
शाखा प्रमुख केशवदेवी धमलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । सहभागिलाई प्रमाणपत्र प्रदान गरिएको छ ।