माघ ३ गते, पथरी । मोरङको पथरीशनिश्चरे – ३ मा निःशुल्क पशु उपचार शिविर सञ्चालन गरी ४ हजार ९ सय ४५ पशुपंक्षीको उपचार तथा औषधि वितरण गरिएको छ ।
सोमबार नगरको पशुपंक्षी शाखाको आयोजनामा सम्पन्न शिविरमा ३ सय २५ घरधुरीका ३ सय ७५ गाई÷भैंसी, ९ सय ३० बाख्रा, २ हजार ४ सय २५ कुखुरा, १ हजार २ सय १५ बंगुरलाई औषधि प्रदान गरिएको शाखा प्रमुख हेमचन्द्र दहालले जनाए ।
जसमध्ये, ४ हजार १ सय ४६ को मेडिकल उपचार, ७ सय ४१ को माइनर सर्जिकल उपचार र ५८ को गाइनोक्लोजिकल उपचार गरिएको छ । नगरको १ लाख रुपैयाँ बजेटमा सञ्चालित शिविरमा वडा सदस्य देवीप्रसाद घिमिरे सहितको सहभागिता रहेको थियो ।