कटुसे जाने सडकमा पथरी जेसिजको ‘जेब्राक्रसिङ्’

माघ १७ गते, पथरी । मोरङको पथरीशनिश्चरे १ स्थित पुर्वपश्चि सडक अन्तरगत मनकामना सामुदायिक वन क्षेत्र क्रश गर्ने सडकमा पथरी जेसिज बर्ष २०२२ ले जेब्राक्रसिङको संकेत रंगरोकन गरेका छन् ।

सोमबार जेसिजको टिम भेला भएर पथरी ट्राफिकको उपस्थितमा जेब्राक्रसिङको संकेत रंगरोकन गरेको हो । र्दुघटना न्युनिकरणको लागि बर्ष २०२२ ले पहिलो कार्यक्रम गरेको पथरी जेसिजका प्रेसिडेन्ट अनिता(अनु) राईले बताईन ।

पथरी जेसिजका प्रेसिडेन्ट अनिता(अनु) राईको नेतृत्वमा मनकामना सामुदायिक वनको कटुसे क्षेत्रमा आन्तरिक पर्यटकहरु भ्रमण अवलोकन तथा पारिवारीक वनभोज आउनेको भिड हुने भएकोले त्यस क्षेत्रमा जेब्राक्रसिङ निर्माण गरिएको हो ।

जेब्राक्रसिङको संकेत रंगरोकन कार्यक्रममा इलाका ट्राफिक प्रहरी कार्यालय पथरीका सह–इन्चार्ज अच्युत सिग्देल, बर्ष २०१९ का अध्यक्ष मनबहादुर दियाली, बर्ष २०२० का अध्यक्ष सन्तोष ढुङगेल, बर्ष २०२२ का उपाध्यक्ष सुमन फुयाल, बर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष सिताराम दराल लगाएत उपस्थित रहेका थिए ।

सम्बन्धित खवर