तामाङ जनप्रतिनिधिहरुलाई घेदुङद्धारा सम्मान

राजकुमारी तामाङ

जेठ २४ गते, बिराट चोक । नेपाल तामाङ घेदुङ मोरङले जिल्ला भरीका तामाङ जनप्रतिनिधिलाई शनिबार सम्मान गरेको छ ।

शनिबार बिराटचोकको बौद्ध गुम्बामा एक कार्यक्रममको आयोजना गरी उर्लाबारी नगरपालिका, लेटाङ नगरपालिका, मिक्लाजुङ गाउपालिका, पथरिशनिश्चरे नगरपालिका, कानेपोखरी गाउपालिका, सुनवर्षि नगरपालिका र केराबारी गाउपालिकाबाट नव निर्वाचित तामाङ समुदायका जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

उर्लाबारी नगरपालिकाको २ वडाध्यक्ष र १ वडा सदस्यलाई कार्यक्रममा सम्मान गरिएको थियो । त्यस्तै लेटाङ नगरपालिका र मिक्लाजुङ गाउपालिकाको १ अध्यक्ष, १ सद्स्य केराबारी गाउपालिकाको १ अध्यक्ष सहित ३ सदस्य कानेपोखरी गाउपालिका र पथरिशनिश्चरे नगरपालिकाको एक–एक सदस्य र सुनवर्षि नगरपालिकाको १ अध्यक्ष सहित जिल्लाको १४ जना तामाङ जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।

सम्मानित हुने उर्लाबारी नपा–९ का वडाध्यक्ष नर बहादुर मोक्तान, वडा नं. ५ सदस्य रबिन लामा र वडा नं. ७ का सदस्य मन माया तामाङ रहेका छ्न । यस्तै लेटाङ नपा –६ का वडाध्यक्ष जंग बहादुर तामाङ र सदस्य याम बहादुर तामाङ, मिक्लाजुङ गापा– ५ का वडाध्यक्ष मेघनाथ तामाङ, वडा नं. १ का सदस्य पासाङ तामाङ, केराबारी गापा– ४ का वडाध्यक्ष सुवास बल र सदस्य चन्द्र प्रसाद तामाङ, वडा नं. ५ का सदस्य प्रेम बहादुर तामाङ र वडा नं. ३ का वडा सदस्य डिल्लि राम तामाङ, कानेपोखरी गापा–४ का सदस्य अबिन्द्र कुमार घिसिङ, सुनवर्षि नपा –६ वडाध्यक्ष कमल मोक्तान र पथरीशनिश्चरे नपा–१० का वडा सदस्य मिना योन्जन रहेका छ्न ।

नेपाल तामाङ घेदुङ संघीय उपाध्यक्ष नर बहादुर मोक्तानको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ट अतिथि नेपाल तामाङ घेदुङ प्रदेश १ अध्यक्ष रेख बहादुर घिसिङ, निवर्तमान अध्यक्ष मित्र सेन योन्जन, नेपाल तामाङ घेदुङ प्रदेश जिल्ला सल्लाहकार सदस्य रुद्र बहादुर स्याङ्तान र चन्द्र घिसिङ रहेका थिए । कार्यक्रमको अध्यक्षता राम कुमार तामाङले गरेका थिए । कार्यक्रम संचालन जिल्ला घेदुङ सचीव गजेन्द्र बम्जन तामाङको रहेको थियो ।

सम्बन्धित खवर