४३ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विजयी धिमाल
असार ३ गते, उर्लाबारी । उर्लाबारी वडा नम्बर ९ स्थित प्रभात आधारभूत विद्यालयका ४३ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

उर्लाबारी निवासी हाल हङकङमा रहेका जीवन पोमोले ६,७ र ८ कक्षाका ४३ जना विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । शुक्रबार विद्यालयमा हुने साप्ताहि अतिरिक्त कार्यक्रम अन्तरगत समय पारेर स्थानिय प्रतिनिधि सुरेन्द्र पोमोबाट शैक्षिक समाग्री वितरण गरिएको थियो ।

यसअघि जीवनले यस विद्यालयलाई ३ पटक सहयोग गरिसकेका छन । यस अघि शिक्षक प्रोत्साहन दस जना, अभिभावक प्रोत्साहन, विद्यार्थी प्रोत्साहन अन्तर्गत नेपाली, अंग्रेजी र गणित विषयमा ६० प्रतिशत ल्याउनेलाई विषयको पाँच सय सहयोग दिदै आएका छन् । गएको बर्षमा स्थानिय दाजुभाइ खड्ग र पुर्ण चोङवाङले एक निजी शिक्षकलाई तलव दिएका थिए भने यस वर्ष जीवन पोमो एक्लैले दुई जना निजि शिक्षकलाई तलव दिने निर्णय गरेका छन ।

हाल सम्म यस विद्यालय दातृसंस्था र व्यक्तिगत सहयोगमा संचालन भैरहेको जानकारी गराउदै नगर र वडामा शैक्षिक सुधारका लागि माग गर्नजाँदा कुनै कार्यक्रम र सहयोग नहुने भन्दै फर्काउने र सामान्य भौतिक सुधारका लागी सहयोग मात्रै रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर सुब्बा लिम्बूले जानकारी गराए ।

यस विद्यालयलाई हाल सम्म विभिन्न व्यक्ति र संस्थाले सहयोग गर्दै आाएको स्मरण गर्दै आज एक्लैले यतिका सहयोग गर्ने जिवनलाई विद्यालय समिति र प्रधान्याध्यापकबाट धन्यवाद ज्ञापन गरेका थिए ।

शैक्षिक हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधान्याध्यापक मोहन चापागाईं, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर सुब्बा लिम्बू, स्थानिय प्रतिनिधि सुरेन्द्र पोमो, स्थानीय समाजसेवी बुद्धिजीवी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर