कानेपोखरी ६ मा आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन

पुस २६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले वडा नं. ६ को आधारभूत स्वास्थ्य केन्द्र
उद्घाटन गरेको छ ।

सोमबार वडा नं. ६ स्थित बिहिबारे बजारमा आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरेको हो । स्वास्थ्य केन्द्रको कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारीले रिवन काटेर उद्घाटन गरेका थिए ।

यस अघि वडा नं. ६ को बिहिबारेमा रहेको गाउँघर क्लीनिकबाट स्वास्थ्य सेवा दिदै आएको थियो । शौचालय र बाथरुम सहितको एक तले तीनकोठाको आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न पछि संचालनमा ल्याएको हो । त्यहाँबाट वडाको जनताहरुलाई स्वास्थ्य सेवा दिन सुरु गरेको गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले बताए । विरामी चेकजाँच गर्ने कोठा, गर्भवती चेकजाँज र स्टोर रुम गरी तीनवटा कोठा रहेको छ ।

वडा नं. ६ को १९ लाख ३७ हजार ७ सयमा निर्माण सम्पन्न भएको हो । वडा नं. ६ को आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणको लागि जग्गा खरिद गर्न बि एण्ड बि कन्स्ट्रक्सनले १ लाख ७० हजार, स्थानीय सुस्मा लिम्बुले ८० हजार, मणिकुमार राईले ८० हजार, जयसिंह बिष्टले ५५ हजार, गोकुल भट्टराईले ५० हजार, देवीप्रसाद भट्टराईले ३० हजार, वीरबहादुर लिम्बुले २५ हजार, चन्द्रबहादुर खड्काले २४ हजार, सुवास तामाङले २० हजार, ताराकुमारी बस्नेतले २० हजार, राजेन्द्र इङ्नामले २० हजार, कमल बुढाथोकीले २० हजार, शिवकुमार राईले १० हजार, सुमित्रा लिम्बुले १० हजार र राजकुमार लिम्बुले १० हजार रकम संकलन गरी जग्गा खरिद गरी भवन निर्माण गरिएको वडाध्यक्ष खड्ग बस्नेतले बताए ।

आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणको लागि जग्गा दाताहरुलाई सोमबार गाउँपालिकाले सम्मान पत्र र दोसल्लाहले सम्मान गरेका थिए । सम्मान तथा उद्घाटन कार्यक्रममा उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे, जिन्सी शाखा अधिकृत यादव निरौला, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी, वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकी लगाएत वडाका वडासदस्यहरु उपस्थित रहेका थिए ।

सम्बन्धित खवर