पथरीशनिश्चरे नगरमा मठमन्दिर र सिंचाईको बजेट बाँढफाँढ

पथरी । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको बैठकले मठमन्दिर तथा सिंचाईका लागि वडागत रकम बाँढफाँढ गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको बैठकले १० वटा वडाका लागि प्रति वडा ३ लाखको दरले सिंचाई र २ लाखको दरले मठमन्दिरका लागि रकम बाँढफाँढ गरिएको नगरका प्रवक्ता यामप्रसाद गुरागाईंले जनाएका छन् । नगरसभाले एकमुष्ठ रुपमा छुट्याएको ती दुई शिर्षकको रकम बाँढफाँढ भएको हो ।

बैठकले, नगर प्रहरीको कार्यविधि पारित गरेको छ । साथै राष्ट्रिय सामुदायिक सेवा केन्द्रसँग कार्यक्रमिक सहकार्य गर्ने समेतका निर्णय भएका छन् ।

सम्बन्धित खवर