असोज ६ गते, रमाइलो । एकबर्ष अघि देखि दुवै मृगौला पीडित कानेपोखरी–६, रमाइलोका तेजबहादुर मगरलाई सहकारी कर्मचारी संगठन कानेपोखरीले आर्थिक सहयोग गरेका छन् ।
पीडित मगरलाई थप उपचारको लागि मंगलबार संगठनका कानेपोखरी अध्यक्ष टंक घिमिरेले नगद २० हजार हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा संगठनका सबैजना उपस्थित भएका थिए ।
अहिले स्वदेश र विदेशबाट उपचारको लागि सहयोग जुट्ने काम भईरहेको छ । पीडित मगरको अहिले हप्ताको दुई पटक डायलोसिस भइरहेको छ ।