पूर्व अध्यक्षको शोकमा मंगलबार पथरीशनिश्चरे नगर बिदा

 

मंसिर ९ गते, पथरी । मोरङको साबिक पथरी गाविसका पूर्व अध्यक्ष तिलक वान्तवा राईको निधनमा शोक ब्यक्त गर्दै आज मंगलबार पथरीशनिश्चरे नगरपालिका कार्यालय र मातहतका कार्यालय बिदा गरिएको छ ।

उनको निधनप्रति पथरीशनिश्चरे नगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै आज कार्यालय बिदा गर्ने निर्णय गरेको हो । नगर प्रमुख दिलीपकुमार राईले नगरले एउटा असल सामाजिक अभिभावक गुमाएको भन्दै गहिरो दुःख सहित उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे । राईको कोरोना भाइरसका कारण आज विहान निधन भएको हो ।

२०४९ सालको स्थानीय निर्वाचनमा पथरी गाविस अध्यक्षमा निर्वाचित सामाजिक अगुवा ६६ वर्षीय राईको विराट मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ ।

सामाजिक काममा लोकप्रियता हाँसिल गर्नुभएका राईले हालको पथरीशनिश्चरे नगरपालिकाको पहिलो सहकारी मनकामना सहकारीका संस्थापक अध्यक्ष, पञ्चायत माविको व्यवस्थापन समितिका पूर्व अध्यक्ष सहित दर्जनौं संघ संस्थाको नेतृत्व गरेका थिए ।

सम्बन्धित खवर