मंसिर ९ गते, पथरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य गुरु बरालले मोरङ पथरीशनिश्चरेका तिलक वान्तावा राई निष्कलंक जनप्रतिनिधि भएको बताएका छन ।
मोरङको साबिक पथरी गाबिसको पूर्ब अध्यक्ष तिलक वान्तावा राई ६६ बर्षको उमेरमा मंगलबार उपचारको क्रममा मृत्यु भएको थियो ।
पथरीमा भएको बान्तावाको शोक सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य बरालले सो कुरा बताएका हुन । पन्चायत विरुद्दको भूमिगत आन्दोलनमा बान्तावा र आफूहरु सँगैसँगै लागेको प्रसंग उल्लेख गरेका थिए ।
जनाआन्दोलन सफल भएपछि तत्कालीन एमालेबाट सर्बसहमत अध्यक्षको उमेद्वार बनेर बिजय हाँसिल गरेको नेता बरालले बताए । बान्तावा तत्कालीन स्थानीय तहको सरकार प्रमुखहुँदा निस्कलंक अध्यक्ष भएर पथरीको पूर्बाधार, सामाजिक, शैक्षिक बिकासमा लागेको बताए ।
बन्तावा तत्कालीन एमालेको जिल्ला सदस्य, किरात राई यायोक्खा मोरङ जिल्ला समितिको सल्लाहकार, पथरी उध्योग वानिज्य संघको सल्लाहकार लगायत दर्जन बढी सामाजिक संस्थाहरुमा आवद्व थिए ।
शोक सभामा १ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री जीवन घिमिरे, नेकपा केन्द्रीय सदस्य महेश रेग्मी, प्रदेश सदस्य तथा मुख्यमन्त्रीको जनसम्पर्क प्रमुख रामकुमार बस्नेत, पार्टी प्रदेश सदस्य युवराज बस्कोता, जिल्ला अध्यक्ष ऋृषिकेश पोख्रेल, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला, मिक्लाजुङ गाँउपालिका प्रमुख देबिप्रसाद आचार्य, उपप्रमुख सरला राई, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, किरात राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, जिल्ला अध्यक्ष नरहाङ राईले बान्तावाको पार्थिव शरीरमा पुष्प गुच्छ चढाएका थिए ।
कार्यक्रममा संविधान सभा सदस्य चण्डीप्रसाद राई, लालबहादुर सुस्लिङ मगर, प्रदेश सभा सदस्य कृष्णकुमारी राई, नेपाली काग्रेस, जनता समाजवादी पार्टी, संघीय लिम्बुवान मन्चका स्थानीय नेता कार्यकर्ताहरु, पत्रकार, मजदूर, किसान, युवा बिद्यार्थी, शिक्षक लगायत शोक सभामा ठूलो संख्यामा उपस्थित थिए ।
स्वर्गीय तिलक बान्तवा राई