नगरमा सुकुम्बासीको लगत संकलन, प्रमाणिकरण तथा नाप नक्सा गर्ने तयारी

मंसिर १८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको विहिबार बसेको बैठकले भूमि आयोगका लागि सहयोग र सहजिकरण गर्नका लागि पालिका र वडास्तरको समिति निर्माण र कर्मचारी व्यवस्थापनको प्रक्रिया अघि बढाइएको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचानका लागि लगत संकलन, प्रमाणिकरण तथा नाप नक्सा गर्ने कार्यमा सहयोग र सहिजकरण गर्न समिति निर्माणको प्रक्रिया अघि बढाएको हो ।

नगर प्रमुख संयोजक, उपप्रमुख उपसंयोजक सहितको समिति पूर्णता दिने प्रक्रिया अघि बढाइएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । वडामा पनि वडाध्यक्ष संयोजक सहितको समिति निर्माणको पनि प्रक्रिया अघि बढाइएको छ ।

त्यसैगरी, सो कार्यका लागि आवश्यक कर्मचारी व्यवस्थापन गर्ने समेत निर्णय भएको छ ।

सम्बन्धित खवर