२९ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवशमा ह्विलचियर र ब्लाङ्केट वितरण

मंसिर १९ गते, पथरी । अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तरराष्ट्रिय दिवशका सन्दर्भमा विहिबार मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयमार्फत ह्विलचियर र ब्लाङ्केट वितरण गरिएको छ ।

‘कोभिड १९ पछिको उत्कृष्ठ पुनरागमनको सुनिश्चितता, अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासका लागि हामी सवैको प्रतिवद्धता’ भन्ने नारा रहेको दिवशमा अपाङ्गता भएका आर्थिक विपन्न परिवारका २ जनालाई ह्विलचियर र ४ जनालाई ब्लाङ्केट वितरण गरिएको हो ।

जसमा, वडा नम्वर ६ का १ र ९ का १ जनालाई ह्विलचियर तथा १ नम्बरमा १, ५ मा २ र ६ मा १ जनालाई ब्लाङ्केट वितरण गरिएको नगर महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले जनाए ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितको अगुवाईमा ह्विलचियर र ब्लाङ्केट वितरण गरिएको हो ।

अपाङ्गता भएका कुल विपन्न १३ जनालाई यो पटक ब्लाङ्केट वितरण गर्ने कार्यक्रम रहेको छ । बाँकीलाई भोली वितरण गरिने छ ।

सम्बन्धित खवर