अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण

मंसिर २३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरका अपाङ्गता भएका आर्थिक विपन्न व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको नेतृत्वमा महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल सहितको सहभागितामा वडा नम्बर ९ का १, ८ का २ जना गरी ३ जनालाई न्यानो कपडा ब्लाङ्केट वितरण गरेको हो ।

अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तरराष्ट्रिय दिवशका सन्दर्भमा यसअघि  अपाङ्गता भएका आर्थिक विपन्न परिवारका २ जनालाई ह्विलचियर र ४ जनालाई ब्लाङ्केट वितरण गरिएको थियो ।

सम्बन्धित खवर