सडक क्षेत्रमा पसल तथा विभिन्न सामग्री राखिएमा जरिवाना

मंसिर ३० गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरका सडक क्षेत्रमा पसल तथा विभिन्न सामग्री राखिएको अवस्थामा जरिवाना गर्न नगर कार्यपालिकालाई सिफारिस गरिएको छ ।

नगरको राजस्व परामर्श समितिको मंगलबारको बैठकले सडक क्षेत्रमा पसल, व्यवसाय सञ्चालन नगर्न पुनः सूचना गर्ने र अटेर गरेमा जरिवाना सहितको कारवाही गर्न कार्यपालिकालाई सिफारिस गर्ने निर्णय भएको समिति संयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले जनाए ।

साप्ताहिक हाट बजारमा समेत सडक क्षेत्रलाई अवरोध नपुग्ने गरी व्यवसाय सञ्चालन गर्ने निर्णय भएको छ । साथै घर निर्माण गर्दा सडक क्षेत्रमा पर्ने गरी निर्माण सामग्री राख्न नपाउने र छेउ भागमा राख्नै परे वडा कार्यालयसँग अनुमति लिइ सडकमा अवरोध नपुग्ने गरी ३ दिनभित्रमा हटाइसक्नु पर्ने निर्णय सिफारिस भएको छ ।

सम्बन्धित खवर