वडासदस्यहरुसँग भूमि आयोगको लगत संकलन कार्यविधिका बारेमा छलफल

पुस १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरका वडा सदस्यहरुलाई ‘भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको स्थानीय तहबाट लगत संकलन सम्बन्धी कार्यविधि २०७७’ को बारेमा जानकारी गराइएको छ ।

पथरीशनिश्चरे नगरपालिका कार्यालयको आयोजनामा १० वटै वडाका सदस्यहरुका लागि कार्यविधिका बारेमा जानकारी गराई भूमि आयोगले अघि बढाएको काममा सहयोग पुर्याउने सम्बन्धमा प्रष्ट्याइएको हो ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको छलफलमा आयोगले आफ्ना गतिविधि अघि बढाउने सन्दर्भमा थालिएको प्रक्रियामा नगर र वडामार्फत लगत संकलन सहितको सहयोग र सहजिकरणका सम्बन्धमा कार्यविधिको प्रावधान बारे जानकारी गराइएको छ ।

सहयोग र सहजिकरणका लागि नगर र वडामा समिति बनेको समेत नगर प्रमुख राईले जानकारी गराए । साथै उनले पछिल्लो समय नगरको पहलमा भएका विकास निर्माणका कामका बारेमा पनि छोटकरीमा जानकारी दिए ।

सम्बन्धित खवर