अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य जाँच

पुस २२ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले प्रदेशको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशन्सँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुका लागि विशेषज्ञ चिकित्सकमार्फत निःशुल्क स्वास्थ्य जाँच शिविर सुरु गरेको छ ।

अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम व्यवस्थापन समितिमार्फत बुधबारबाट वडा वडामा शिविर सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत आज वडा नम्वर १ मा शिविर सम्पन्न भएको छ । शिविरमा निःशुल्क स्वास्थ्य जाँचका साथै अपाङ्गता परिचयपत्र निर्माण तथा नविकरणको काम समेत गरिएको छ । नगर प्रमुख एवम् अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम व्यवस्थापन समितिका संयोजक दिलीपकुमार राईले शिविरको उद्घाटन् गरेका थिए ।

नगर प्रमुख राई, उपप्रमुख एवम् अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति संयोजक यमुना विष्ट वास्तोला र जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य नगरलाई अपाङ्गता भएका व्यक्तिहरुको जन्म सून्यमा झार्ने लक्ष्यमा यो सहित विभिन्न कार्यक्रम गर्ने त्रिपक्षीय योजना तय भएको बताए ।

शिविरमा, सामान्य तथा कान र आखाँको समेत गरी १ दर्जन बढीको जाँच र १० जनाको परिचयपत्रको नविकरण भएको छ । पुस २३ गते वडा नम्वर २ मा, २४ गते ३ मा, २६ गते ४ मा, २७ गते ५ मा, २८ गते ६ मा, २९ गते ७ मा, माघ २ गते ८ मा, ४ गते ९ मा र ५ गते १० मा शिविर सञ्चालन हुने अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम व्यवस्थापन समितिकी फोकल पर्सन तथा महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले बताए ।

सम्बन्धित खवर