माघ ४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा संचालित परियोजनाको अनुगमन तथा समन्वय समितिको समीक्षा बैठक सम्पन्न भएको छ । आइतबार हेफर नेपालको सहयोगमा अभियान नेपालले नगरमा संचालित परियोजनाको समीक्षा सम्पन्न भएको हो ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा भएको बैठकमा अभियान नेपालका अध्यक्ष प्रेम गिरी, हेफरका दिपेश गौतम र हेम श्रेष्ठले परियोजनाका गतिविधिका बारेमा जानकारी गराएका थिए । नगरको वडा नम्बर २,३ र ६ मा पशु बस्तुको मूल्य सृङ्खलामा आधारित साना किसानहरुको सबलिकरण परियोजना थालिएको छ ।