माघ ३० गते, पथरी । मोरङको पथरीशनिश्चरे–२ मा बंगुर पकेट कार्यक्रम अघि बढाइएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले कार्यक्रमको उद्घाटन् गर्दै कृषि प्रधान नगरमा यसखाले उद्यमशीलताको कार्यक्रम अघि बढेकोमा खुसी व्यक्त गर्दै नगरले कृषकलाई व्यवसायमुलक बनाउने कुरामा सधैं ध्यान दिने बताए ।
कार्यक्रममा, कार्यपालिका सदस्य एवम् २ नम्बर वडा सदस्य अरुणा राई, कार्यपालिका सदस्य मायामेगी गुरुङ सहितले मन्तव्य व्यक्त गरे ।
पथरीशनिश्चरे बंगुर पालन कृषक समूह मार्फत सञ्चालित परियोजना नगरपालिका कार्यालयको १० लाख, स्थानीय कृषकको ९ लाख २५ हजार गरी १९ लाख २५ हजार रुपैयाँमा सञ्चालन भएको हो ।