जेठ २३ गते, रमाइलो । पारिवारिक निजी वन संघ नेपालले कोरोना संक्रमितका लागि आइसोलेसन सञ्चालन गरेका मोरङका कानेपोखरी गाउँपालिकाहरुलाई ‘वाटर डिस्पेन्सर’ मेसिन प्रदान गरेको छ ।
संघका केन्द्रीय सचिव नविन पौडेलले आइतबार गाउँपालिका पुगेर ‘वाटर डिस्पेन्सर’ मेसिन सहयोग प्रदान गरेको हो ।
गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, प्रमुख प्रशासकिय अधिकृत गायत्र श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख रोहिन्द्र कुमार राजभण्डारी लगाएतको उपस्थितमा विरामीका लागि तातो र सामान्य पानीको व्यवस्थापन गर्ने ‘वाटर डिस्पेन्सर’ मेसिन प्रदान भएको छ । संघले सातै प्रदेशमा यसखाले कार्यक्रम अघि सारेको सचिव पौडेलले जनाए ।
तस्विर : गाउँपालिका अध्यक्षको सचिवलाय