राष्ट्रिय युवा संघ वडा नम्बर २ कमिटी गठन, अध्यक्षमा राजेश बिष्ट

असोज ३ गते, बयरवन । मोरङ कानेपोखरी गाउँपालिका स्थित राष्ट्रिय युवा संघ नेपाल वडा कमिटि गठन भएको छ ।

नेकपा एमाले २ नम्बर वडा कमिटीको आयोजनामा भएको भेलाले राजेश बिष्टको अध्यक्षतामा ५१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल कमिटी गठन गरेको हो ।

समितिको उपाध्यक्षमा होमबहादुर खत्री, सचिवमा सन्तोष न्यौपाने, सहसचिवमा खगेन्द्र लुईटेल र कोषाध्यक्षमा विकास काफ्ले रहेका छन् ।
कार्यक्रममा एमाले जिल्ला सल्लाहकार संयोजक तथा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले प्रमुख अतिथि र अतिथिहरु नेकपा एमाले कानेपोखरी गाउँकमिटिका अध्यक्ष दानबहादुर बस्नेत, राष्ट्रिय युवासंघ केन्द्रीय सदस्य सुसिल बुढाथोकी, खेलकुद महासंघका केन्द्रीय सदस्य कुमार फुयल, युवासंघ गाउँकमिटी संयोजक अशोक फुयाँल लगायत रहेका थिए ।

एमाले २ नम्बर अध्यक्ष अध्यक्ष पर्शुराम खतिवडाको अध्यक्षतामा भएको भेलालाई सचिव कमल रिजालले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर