कानेपोखरीका कृषकहरुलाई १५ वटा पावर टिलर प्रदान

सनम रोक्का
कात्र्तिक १६ गते, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाले १५ ओटा पावर टिलरहरू(सानो ट्याक्टर) कृषकलाई वितरण गरेको छ ।

मंगलबार एक कार्यक्रम विच गाउँ पालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राममती इङ्नाम र प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठले संयुक्तरुपमा कृर्षक, कृषि फार्म र कृषि समुहहरूलाई वितरण गरेको हो ।

रमाइलो कृषि फार्म, लालीगुराँस कृषि समूह, जनसेवा मावी रमाइलो, चन्द्रबहादुर बस्नेत, शिवबहादुर कठेत, भोलानाथ÷भगवती÷मुक्तिप्रसाद अधिकारी, हरिप्रसाद पौडेल, धान्यप्रसाद अधिकारी, गजेन्द्र बहादुर भट्टराई, टंकमाया कृषि फार्म, बिहारीलाल थारू, रखिलाल चौधरी, तेजबहादुर श्रेष्ठ र अविन्द्र कुमार घिसिङ र रुद्रप्रसाद रिमाललाई पावर टिलरहरू(सानो ट्याक्टर) प्रदान गरेको हो ।

उनिहरुलाई गाउँपालिकाको ५० प्रतिशत अनुदानमा प्रदान गरिएको हो । गाउँपालिकाले खरिद गरेको १६ वटा पावर टिलरहरू मध्येबाट १५ ओटा वितरण गरिएकोमा एउटा भने पालिकबाट पुनः कृषक छनोट गरि वितरण गरिने कृषि शाखा प्रमुख सागर पौडेलले बताए ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष ताराबहादुर काफ्लेले प्रती पावर टिलरलाई २ लाखमा खरिद गरी कृषकलाई ५० प्रतिशत अनुदानमा १ लाख रुपैयाँ लिएर वितरण गरिएको बताए । उनले भने, ‘कृषि क्षेत्रका लागि पालिका स्तरबाट प्रत्येक आर्थिक वर्षमा प्रशस्तै रकम विनियोजन भइरहेको छ तर हामीले सा–साना प्रकारका कृषक लक्षित धेरै कार्यक्रमहरू गरेका छौ ।’ समयसमयमा कृषकलाई आवश्यक पर्ने कृषि सामाग्रीहरू प्रदान, बिऊबिजन बाँड्ने, कृषि तालिम, कृषि पेशामा लागेर कसरी स्वरोजगार बन्न सकिन्छ भन्ने उद्धेश्यले यस्ता कार्यक्रमहरू निरन्तर गरिरहेका हुन्छौ ।

प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठले ०७७÷७८ को कार्यक्रमबाट पावर टिलरहरू खरिद गरिए पनि विभिन्न प्राविधिक कारणहरूले गर्दा हालसम्म वितरण गर्न नसकिएको बताए । सो पावर टिलरले कृषि पेशामा कृषकलाई थप सहजता प्रदान गर्ने कुरामा विश्वस्त रहेको बताए ।

 

 

 

 

सम्बन्धित खवर