नगरमा वडाध्यक्षले मच्चाए वितण्डा, अधिकृतको गाडी चढ्न पाउनु पर्ने माग

कात्र्तिक ३० गते, पथरी । मोरङको पथरीशनिश्चरेमा नगरपालिका ४ नम्बर वडा अध्यक्ष गोविन्द भण्डारीले नगर प्रहरीले हातपात गरेको भन्दै बार्षिक समिक्षा गोष्ठीमा र नगर परिसरमा वितण्डा मच्चाएका छन् । उनले नगरको बार्षिक समीक्षा गोष्ठीका क्रममा आफ्नो मोटरसाइकलको मर्मत खर्चको भुक्तानी नदिएको विषयलाई लिएर वितण्ड मच्चाएको हो । यसैक्रममा नगर प्रमुखको निर्देशनमा ३ जना नगर प्रहरीले दुर्व्यवहार गरेको भन्दै कार्यालय परिसरमा वितण्डा मच्चाएका हुन् ।

वडा कार्यालयलाई दिएको मोटर साइकलको मर्मत खर्चको विल पेस गरे पनि भुक्तानी नदिएर विभिन्न बहानामा अड्काएको भन्दै आक्रोशित वडाध्यक्ष भण्डारीले मोटरसाइकलको चाबी बुझाएर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी चढ्न पाउनुपर्ने बताएका छन् ।

नगरमा आफू अनुकूल कर्मचारी नियुक्ति गर्ने गरेको, इन्धन, गाडी मर्मत लगायतमा भ्रष्टाचार भएको भन्दै चिच्याउँदै नगरपरिसरमा कराइरहेका भण्डारीले भने, “यो जनताले किनेको गाडीमा चढेर म जनताको सेवा गर्छु आवश्यक परे मैले यो गाडी चढ्न पाउनुपर्छ भनेर मोटरसाइकलको चाबी बुझाउँदा मोटरसाइकलको चाबी पनि नबुझ्ने, गाडी पनि चढ्न नदिने तैँले गाडी चढ्न पाउँदैनस् भनेर हाकिमले पनि भन्नु भयो, मेयरले पनि भन्नु भयो । “

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेलका अनुसार केही समय अघि वडाध्यक्ष आफैले मोटरसाइकल मर्मत गरी करिब १० हजारको मर्मत खर्च बिल पेस गरेका थिए । उनले भने “ वडा कार्यालयमा वहाँले प्रयोग गर्ने गरी दिइएको मोटर साइकलको मर्मत गरेको बिल पठाउनु भएको थियो । मोटरसाइकल मर्मत गरेको बिल भुक्तानी नहुने भन्ने हैन । सबै भन्दा पहिला इस्टिमेट हुन्छ, त्यस पछि मर्मत निर्देश हुन्छ, त्यसपछि मर्मत आदेश नम्बर पेस नगरुन्जेल लेखामा सिस्टमले इन्ट्रिनै लिँदैन । “

उनले प्रक्रियागत रूपमा नभएकोले तत्काल भुक्तानी हुन नसकेको कुरालाई लिएर वार्षिक समीक्षा गोष्ठी नै अगाडी बढ्न नदिएपछि नगर प्रहरीले बाहिरा निकालेको बताए । उनले भने “हिजोको अवस्था के थियो र कसरी भुक्तानी भयो भन्दा पनि आज प्रविधिको प्रयोग भएको छ । हामीले रोकेका हैनौ, सिस्टमले नै नलिएका हो । यही कुरालाई लिएर मैले रोकेको भन्दै बाहिर निस्किएर मेरो मोटर साइकलको चाबी बुझाउँछु र यो हाकिमको गाडी चढ्छु भन्दै कराउनु भयो ।”

वडा सचिवले ल्याएको उक्त बिल प्रक्रियागत नभएपछि मर्मत आदेश लिएर त्यसको नम्बर लिएर आउन भनेको भए पनि त्यो नगरेकाले भुक्तानी रोकिन गएको प्रशासकीय अधिकृत खरेलले बताए ।ब्लाष्ट खबार

सम्बन्धित खवर