जनएकाताको स्थापना दिवश : ४ सय विद्यार्थीलाई न्यानो कपडा वितरण

मंसिर २ गते, कानेपोखरी । जनाएकता बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २० औं स्थापना दिवशको अवसरमा ४ सय छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको छ ।

मोरङको कानेपोखरी गाउँपालिका —६, मा स्थापित संस्थाले पालिका क्षेत्र भित्रका ९ वटा सामुदायिक विद्यालयका छात्राछात्रलाई न्यानो लुगा स्वेटर वितरण गरिएको हो । वडा नम्बर ६ को सुन्तली आधारभूत विद्यालयका ५६ जना र पंचज्योति आधारभूत विद्यालयका ३७ जना, वडा नम्बर–४ को थानेश्वर आधारभूत विद्यालयका २९ जना, सूर्योदय आधारभूत विद्यालयका ३५ जना र पंचकन्या आधारभूत विद्यालयका ३० जना, वडा नम्बर ३ को लक्ष्मि आधारभूत विद्यालयका ३५ जना र शिक्षा सदन माविका ६४ जना र वडा नम्बर २ को मैनावारी आधारभूत विद्यालयका ५९ जना गरी जम्मा ४ सय जना छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको थियो । दलित, असाहय र विपन्न वर्गका छात्रछात्रालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको संस्थाका अध्यक्ष भोला अधिकारीले बताए ।

अध्यक्ष भोला अधिकारी, उपाध्यक्ष सन्तोष फुयल, सचिव अम्बिका अर्याल, कोषाध्यक्ष इच्छा काईराला, संचालक सदस्यहरु राजेश कार्की, मोहन पराजुली, सुस्मा कार्की, शोभा जोशी, व्यवस्थापक पवित्रा खतिवडा, सहायक व्यवस्थापक डोरमणी श्रेष्ठ, कर्मचारी खगेन्द्र कार्की लगाएतको उपस्थितमा वितरण गरिएको थियो ।

२०५८ सालमा स्थापनाभएको संस्थाले असार मसान्त सम्म ५० करोड पुँजीको परिचालन गरी १ करोड ६२ लाख नाफा कमाएको थियो । ७० बर्ष कटेको जेष्ठ सदस्यहरुलाई प्रत्येक बर्ष मासिक १ सयको दरले बार्षिक १२ सय वितरण गर्दै आएको छ ।

सम्बन्धित खवर