गाउँपालिकाद्धारा कालोपत्रेको अनुगमन्, समस्या आएको ठाउँमा पुन कालापत्रे गरिने

राजकुमारी तामाङ, माघ ३ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका –६, मुलगाउँ स्थित कृषि सडकमा गरिएको कालोपत्रेमा आएको समस्याको हल गरिने भएको छ ।

आइतबार गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिको संयोजक राजमती इङ्नाम, प्रमुख प्रशासकिय अधिकृत गायत्र श्रेष्ठ, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत र ईन्जिनियर रञ्जन निरौला सहितको टोलीले अनुगमन गरेको थिए ।

अनुगमनको टोलीले समस्या आएको स्थानमा कटिङ् गरी पुन पिच गरिने निकर्ष निकालेको छ । उपाध्यक्ष इङ्नामले ठेकेदारले ढिलासुस्ती तथा ठेक्का लागेको ५ महिना पछि सडक कालोपत्रे थाल्ने गरेकोले पनि केही समस्या आएको बताइन् । उनीले कालोपत्रे स्टीमेट अनुसार नै काम हुनु पर्ने बताउँर्दै जनताले चाहे जस्तै काम हुनु पर्ने बताइन् । यही सडकको पिङ्डाडा चोकमा भएको कालोपत्रे पनि यस्तै समस्या आएर ४० मिटर सम्म भत्काएर पुन कालोपत्रे गरेको बताइन् ।

कालोपत्रे गरिएको सडकमा उप्काउदा बेस सहित सवै उप्किने भएकोले सडक मापदण्ड अनुसार गुणस्तर नै बनेको ईन्जिनियर रञ्जन निरौलाले बताए । अनुगमनको क्रममा कालोपत्रेको खनेर नाप जाँच गरेका थिए । नाप्ने क्रममा ठेकेदार कम्पनीले गर्नुपर्ने बेस ६ ईन्च हो तर ७ इन्च सम्म पुगेको र थिकनेस ३० एमएम भन्दा बढी नै रहेको थियो । त्यसैगरी चौडाई ५ मिटर पुगेको थियो । कम्सल भए छुदै बुर्र निस्कने हुन्छ तर त्यस स्थानमा पिच गर्ने वितिकै उप्काएर यस्तो समस्या आएको ईन्जिनियर निरौलाले बताए ।पुस गते २३ गते निर्माण कम्पनी रतुवामाइ नगरपालिकामा रहेको वीर निर्माण सेवाले तत्काल पौडेल चौकदेखि खड्ग श्रेष्ठको घरसम्म करिब २ सय मिटर पिच गरेको थियो । भोलि पल्ट विहान स्थानीयहरुले खड्ग श्रेष्ठको घरछेउको होमपाइप जडान गरेको ठाउँमा पिच उप्काएकाएर सामाजिक सञ्जालमा हालेका थिए । त्यस पछि विभिन्न सञ्चारमाध्यमहरुले समाचार बनाएका थिए ।

उसबेला स्थानीयले सडकको बेस निर्माणमा कमसल कच्चा पदार्थ बढी प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको स्थानिय बताएका थिए । मापदण्ड, गुणस्तरीय काम हुनु पर्ने र उप्किएको ठाउँमा पुन कालोपत्रे गर्नुपर्ने स्थानीयले माग गरेको थियो । सडक भत्किएमा सडक निर्माणको काम सम्पन्न भएर ठेक्केदारले गाउँपालिकालाई सडक हस्तान्तरण गरेको १३ महिनासम्म पनि कुनै ठाउँमा खराबी आए पुनः र्ममतको काम हुने उपाध्यक्ष इङ्नामले बताए ।

पौडेल चौकदेखि पिङडाडासम्म १.७ किलोमिटर पिच सडक निर्माण गर्ने ठेक्का ९६ लाख ४६ हजार रुपैयाँमा मोरङको रतुवामाइ नगरपालिकामा रहेको वीर निर्माण सेवाले लिएको छ । संघिय सरकारबाट आएको अनुदान र कानेपोखरीको गाउँपालिको बजेटमा उक्त सडक निर्माण भएको हो ।

 

सम्बन्धित खवर