फागुन २६ गते, रंगेली । माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएको हो ।
एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयर सहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेका छन् । रंगेली नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का वडा अध्यक्ष महेशकुमार खनाल पनि पार्टी प्रवेश गरेका छन् । एमालेमा प्रवेश गरेका अध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित वडाध्यक्ष हुन ।
कार्यक्रममा एमाले अध्यक्ष तथा ओलीले काँग्रेसले काम गरेको देखाउने एउटा पनि लायक काम नभएको बताए । उनले काँग्रेसले जिन्दगाीमा देखाउन योग्य एउटै काम नभएको बताए । कामको आधारमा काँग्रेसको बोल्ने ठाउँ समेत नरहेको बताए ।
काँग्रेसले देशको अर्थतन्त्र ध्वस्त बनाउने काम मात्र गरेको बताए । बुधबार मोरङको रंगेलीमा आयोजित जनसभा एवम् बृहत पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वको सरकारले गरेको काम हरेक वडादेखी पालिकासम्म देखिने बताए ।