सनम रोक्का
बैशाख ११ गते, कानेपोखरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको नेतृत्वले मात्र देशको मुहार फेर्ने सक्ने बताए । शुक्रबार मोरङको कानेपोखरीमा आयोजित खुल्ला आमसभाको सम्बोधन गर्दै लिङ्देनले सो कुरा बताएका हुन ।
३२ वर्षमा २६ वटा सरकार परिवर्तन भए, अहिले पनि ठुला पार्टीहरूले नै देशको नेतृत्व गरिरहेको छन तर देशले मुहार भने फेर्न सकेको छैन । अब राप्रपाको नेतृत्वले मात्र गर्न सक्ने उनले बताए । लिङ्देनले नेपालमा रहेका ठुला पार्टिहरुले लामो समयसम्म नेतृत्व गरेपनी अहिलेसम्म के कस्ता परिवर्तनहरू ल्याउन सके त भन्ने प्रश्न सहित चुनौती व्यक्त गरे ।
नजिकिदै गरेको चुनावमा फेरि केपि ओलि, शेरबहादुर देउवा, प्रचण्डले चुनाव जिताइदिनुहोस, ५ वर्षमा देशले फड्को मार्नेछ भन्दै आउनुभो र तपाईंले पुनः भोट दिनुभो भने खुकुरी, तरबार चलाएभन्दा नि त्यो ठुलो सजाय हुनेछ ।
सोध्नुहोस कति समय थप्यो भने देश बन्छ । उनले भने, ‘आउने चुनावमा जानीजानी यस्ता भ्रष्ट नेताहरूलाई भोट नदिनुस् भन्न म तपाईंहरू सामु आएको हो’ । फेरि पुरानो पार्टीलाई भोट दिनु भनेको साढेको मुनि बाल्टी थाप्नु जस्तो हो, जति सुम्सुमाए, कन्याए, हत्ते गरेपनी दुध दिदैंन, लिङ्देन बताउँछन ।
अब सबै एकजुट भएर यो अवस्था परिवर्तन गर्न लाग्नुपर्ने उनको भनाई थियो । नव प्रवेशीहरूले कुनै लाभको आशा लिएर राप्रपा पार्टीमा प्रवेश गरेको हो भने आजै यस पार्टी त्याग्न अनुरोध समेत गरे । उनले भने, ’भ्रष्टाचार गर्नु भनेको आमा रगत पिउन जतिकै हो’ ।
केही नेताहरुले गर्दा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिवर्तन भएको र अहिले देशको कुनै पनि वर्ग खुशी नभएको बताउँदै लिङ्देनले देशका अगन्य युवा विदेशिनु दुखदायी भएको बताए ।
अब हुने तीनै तहको चुनाव सोचेर जनता र देशको पक्षमा हुने गरी मतदान गर्न अध्यक्ष लिङ्देनले सबैमा आग्रह गरे। ‘गलत नेता र पार्टीको चयन गर्दा देशले दुःख पाउँछ, सोचेर भोट दिनुस’ उनले भने । बेरोजगारीको अन्त्य राजनीतिले गर्छ तर भोटको बेला सहि नेता छान्नसक्नुपर्छ । एउटा मात्र राम्रो मान्छे छान्दा देश राम्रो बन्न सक्छ भने हामी किन पैसा, मासु, पेट्रोलमा बिक्ने ? अब यी सबै कुराहरुबाट माथी उठेर हामी सम्पूर्ण जनताले सक्षम, राष्ट्रप्रेमी, विकासवादी नेतृत्व छान्न आवश्यक छ,’ उनले बताए ।