मोरङ एमालेले जिससको उम्मेद्वार टुङ्गो लगायो

जेठ २५ गते, विराटनगर । आगामी जेठ ३१ गते हुने जिल्ला समन्व्य समिति मोरङको निर्वाचनका लागि नेकपा एमाले मोरङले सम्पुर्ण उम्मेद्वार टुङ्गो लगाएको छ । प्रमुख र उपप्रमुख सहित सवै सदस्यहरु आज बसेको पदाधिकारी बैठकले टुङ्गो लगाएको हो ।

जिल्ला समन्वय समितिको प्रमुखमा सुन्दरहैचा नगरका अजम्मर राई र उपप्रमुखमा रंगेलीकी उषा झा ठाकुर उम्मेद्वार रहेका छन् । यस्तै महिला सदस्यमा लेटाङकी हरिमाया विश्वकर्मा, मिक्लाजुङकी उमा नेपाली र ग्रामथानकी उर्बसी थारु रहेका छन् । दलित सदस्यमा धनपालथान गाउँपालिकाका चन्द्र सरदार, अन्य सदस्यमा उर्लाबारीका मित्रप्रसाद ढकाल, विराटनगरका तुलसी घिमिरे र रंगेलीका देवमणी कटुवाल उम्मेद्वार चयन गरेको एमाले जिल्ला सचिव रुपेश खतिवडाले जनाए । मोरङ जिल्लामा एमालेको बहुमत रहेको छ । जिससको निर्वाचनमा जिल्लाभित्र रहेका पालिका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

कानेपोखरी गाउँपालिकामा पिपलको फेदमुनि जन्मीएको नानीको मानवसेवा आश्रमले उद्दार गरेसंगै आज न्वारन कार्यक्रम सम्पन्न साथै विराटनगर महानगरपालिका वडा नं. १० का नवनिर्वाचित प्रतिनिधिलाई सुभकामना आदानप्रदान कार्यक्रम

केहि दिन अघि कानेपोखरी गाउँपालिका वडा नं. ५ (भौसाबरी) मोरङ स्थित पिपलको फेदमा एकजना मनोरोगी गर्वावती महिलाको वेवारिसे अवस्थामा रहेको खबर प्राप्त भएसंगै मानवसेवा आश्रमको टिम र जनाप्रतिनिधिहरुसंग समन्वय गरेर उद्दार गरिएको थियो । उक्त दिदि भएको स्थलमा पुग्दा नपुग्दै दिदिले एक शिसुलाई जन्म दिनुभयो । गर्भवती महिला र शिसुलाई उद्दार गरि मानवसेवा आश्रम विराटनगरमा ल्याएपछि आज मिति २०७९ जेष्ठ २५ गते आश्रमको प्रांगणमा विराटनगर महानगरपालिका वडा नं. १० का नवनिर्वाचित जनप्रतिनिधि अर्जुन गिरिज्यू, वडासदस्यज्यूहरु लगायत अभिभावकहरुको उपस्थितिमा न्वारन कार्यकर्म सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिका वडा नं. १० का नवनिर्वाचित जनप्रतिनिधि अर्जुन गिरिज्यूलाई न्वारन कार्यकर्म प्रमुख अथित्यता ग्रहण गराउदै सुभकामना आदान प्रदान कार्यकर्म पनि सम्पन्न भएको छ । मानवसेवा आश्रम विराटनगर शाखाको सुरुवातको समयबाट नै वडा कार्यालयबाट साथ सहयोग भइराखेको र आगामी दिनमा पनि वडा र व्यक्तिगत तर्फबाट साथ सहयोग हुने प्रतिबद्धता वडा अध्यक्षज्यू र सदस्यज्यूहरुले गर्नुभएको आश्रमको युवा अभियन्ता नवराज के.सी ले बताए ।

मानवसेवा आश्रम विराटनगर–१० तिनटोलिया र विराटनगर –३ पोखरियामा सन्चालित छ । दुईवटा सेवाकेन्द्रमा १ सय ४२ जना विभिन्न प्रकृतिका विभिन्न उमेर समुहका सयोगापेक्षी सडकआश्रित मानवहरुको संरक्षीत रहेको बताइएको छ ।

सम्बन्धित खवर