पीडित पक्षलाई थाहा नै नदिई दुर्घटनामा संम्लग्न स्कुटी प्रहरीले छोडे

जेठ ३० गते, पथरी । मोरङको पथरीशनिश्चरे–४ स्थित कोशेली चोकमा भएको मोटरसाइकल दुर्घटनामा संलग्न स्कुटर पीडित पक्षलाई थाहा नै नदिई पथरी प्रहरीले छाडेको पीडित पक्षले बताएका छन् ।

शक्त घाइते भएका पथरी अस्पतालमा उपचारथ ४० बर्षिय कमल आर्चायले आफुलाई थाहा नै नदिई घटनामा संम्लग्न स्कुटर प्रहरीले छोडेको बताए । स्कुटर चालकको लाइसेन्स नभएको कारण इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर राजेन्द्र पौडेलले स्कुटर छाडेको पीडित पक्ष बताउँछन् । घटनामा शक्त घाइते भएका ब्यक्ति उपचार भैरहेको वेला पीडितसँग छलफल नै नगरी स्कुटर छोड्नु भनेको प्रहरीले गैरजिम्मेवार काम भएको स्थानीयले बताएका छन् ।

घटना सोमबार लगभाग दिउँसो १२ बजेको हो । को २१ प ५४४२ को स्कुटरमा सवार भारती याक्खा र उनका श्रीमान (नाम नखुलेको) अघि र को २८ प ७६६० नम्बरको पल्सरमा सवार कमल आर्चाय पछि दुवै उत्तरबाट दक्षिणतर्फ जार्दै गर्दा कोशेली चोक पुगेपछि पछि नहेरी स्कुटरले बाटो क्रसगर्दा दुर्घटना भएको थियो । नजिकै अघिपछि रहेको स्कुटर बाटो काट्दा पछि रहेको मोटरसाईकल सँग अगाडीको भाग छोएपछि मोटरसाईकल ठुलो दुर्घटनामा परेको शक्त घाइते भएका कमल आचार्य बताउँछ ।

आचार्यको दाहिने हात, दाहिने खुट्टा र देव्रे खुट्टामा गहिरो चोट लागेको छ भने को २८ प ७६६० नम्बरको मोटरसाईकल पनि अगाडीको भाग काम नै नलाग्ने गरी टुटफुट भएको छ । यस विषयमा इप्रका प्रहरी पथरीका डिएसपी वेद प्रसाद गौतमलाई बुझ्दा आफु आज जिल्ला मोरङ गएकोले घटना थाहा नभएको बताए । त्यसैगरी इस्पेक्टर राजेन्द्र पौडेलले स्कुटरको कुनै गल्ती नभएकोले छोडेको जवाफ फर्काएका थिए । स्कुटर चालकको लाइसेन्स थएन नि ? भन्ने प्रश्नमा इस्पेक्टर पौडेलले लाइसेन्स फर्म भरेको चिरकटो रहेको बताएका थिए ।

 

सम्बन्धित खवर